सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकमा एक जना पक्राउ

काठमाडौं उपत्यकामा महिलाहरुमाथि भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकमा एक जना पक्राउ परेका छन् ।
सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा । काठमाण्डौं प्रहरी परिसरबाट खटिएको टोलीले ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा १ जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पक्राउ गरेका कार्कीविरुद्ध अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं, भक्तपुर र बनेपामा सिरिन्ज आक्रमणका भएका थिए । यी घटनाबारे अहिलेसम्म सत्यतथ्य बाहिर आउन सकेको छैन ।
घटनापछि पीडितहरु कुनै प्राणघातक रोग सर्ने हो कि भनेर चिन्तित बनेका छन् भने उनीहरु चिकित्सकको सल्लाहमा उपचार गराइरहेका छन् ।
पक्राउ परेका कार्कीले भने घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै रमाइलोका लागि गरेको बयान दिएको प्रहरी श्रोतले जनाएको छ ।