बैंकहरुलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकको दबाब

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकलाई मर्जरमा जाने निर्णय एकसाताभित्र गर्न निर्देशन दिएको छ । बिहीबार वाणिज्य बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसँगको छलफलमा गभर्नर डा. चिरञ्जीवि नेपालले बैंकलाई जसरी हुन्छ मर्जर (गाभिने) मा जानैपर्ने बताउनुभएको हो ।

मौद्रिक नीति यही २७ गते सार्वजनिक हुने र त्यसभन्दा अगाडि नै मर्जरका लागि उपयुक्त सार्थ खोज्न गर्भनर नेपालको निर्देशन रहेको थियो ।

गर्भनर नेपालले मौद्रिक नीति आउनु अगावै भनेपनि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एक साताभित्रै मर्जरका लागि साथी खोज्न बैंकहरुलाई दबाब दिएको छलफलमा सहभागी श्रोतले जानकारी दिएको छ ।

गर्भनर नेपालले यस्तो बताउनुमा मौद्रिक नीति मार्फत् बाध्यात्मक मर्जर वा नेपाल राष्ट्र बैंकले नै गाभिनका लागि बैंकहरु तोकिदिन सक्ने संकेत हो ।

यसअघि पनि वित्तीय संस्थाको संख्या घटाउनका लागि ३ वर्षअघि गभर्नर नेपालले तीन गुणासम्म चुक्तापुँजी बढाउनुपर्ने नियम ल्याएर मर्जरका लागि बाध्य पारेको बैंक सञ्चालकहरुको भनाई छ ।

Facebook Comments