उपप्रमुख सहित काँग्रेसका प्रतिनिधिको अवरोधपछि भरतपुर महानगरको नगरसभा स्थगित

चितवनको भरतपुर महानगरपालिकामा निर्वाचनमा गठबन्धन गरेर विजयी भएपनि महानगरपालिका सञ्चालनमा भने प्रमुख र उपप्रमुखवीच पटक पटक विवाद भइरहेको छ ।

पछिल्लोपटक आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न जारी नगरसभा काँग्रेसका प्रतिनिधिले बहिष्कार गरेका छन् ।

भरतपुर महानगरमा विहीबार काँग्रेसबाट निर्वाचित उपप्रमुख पार्वती शाह ठकुरीलगायतका १५ जना जनप्रतिनिधिले विभिन्न विषयगत समिति गठन र बजेट विनियोजनका सम्बन्धमा नगर सभा नै बहिष्कार गरेका हुन् ।

नगरभासमा बजेट भने उपप्रमुख शाह ठकुरीले नै पेश गर्नुभएको थियो ।

बजेट विनियोजन र विभिन्न समिति निर्माणको विषयमा कुरा नमिलेपछि नगर सभा बहिष्कार गर्नुपरेको उपप्रमुख शाह ठकुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आफूसंग छलफल नै नगरी विभिन्न १० वटा समिति बनाइएको छ । सोही कारण नगरसभा बहिष्कार गरेको उहाँको भनाई छ ।

तर वडा नम्बर १०का अरुणपीडित भण्डारीले भने सहमतिमा नै समिति गठन गरिएकोमा विनाकारण नगरसभा अवरोध गरिएको जिकीर गर्नुभयो ।

उपप्रमुख सहित काँग्रेसका प्रतिनिधिको अवरोधका कारण नगर सभा बैठक असार १४ गते विहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

Facebook Comments