जुत्ता व्यवसायी संघ कास्कीको खुल्ला रक्तदान कार्यक्रममा ६२ यूनिट रगत संकलन

जुत्ता व्यवसायी संघ कास्कीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम पोखराको मानवअधिकार चोकमा सम्पन्न भएको छ । उक्त अवसरमा ६२ युनिट संकलन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै व्यवसायिक संघ सस्ंथाले पनि समाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै रक्तदान जस्तो महत्वपूर्ण मानवीय कार्यक्रमको प्रशंशा गर्नु भयो ।

पोखरा उद्योग वाणिज्य संघ सदैव व्यवसायिक हक हित र सामाजिक क्षेत्रमा काम गर्न लागि परिरहेको कुरा पनि जानकारी गराउनुभयो ।

कार्यक्रममा पोखरा चेम्वर अफ कमर्शका महासचिव तथा कार्यक्रमका विशेष अतिथि उमराज बास्तोलाले पनि व्यवसायीहरुपनि सामाजिक भावनले उत्प्रेरित भएको हुदाँ अझै अन्य व्यवसायिक हक हित र सामाजिक काममा लाग्न अनुरोध गर्दै पोखरा चेम्वर अफ कर्मश ले पनि व्यवसायी हक हितका निम्ती कुनै कसर वाँकी नराख्ने वताउनुभयो ।

कार्यक्रममा थोक व्यवसायी संघ, कास्कीका अध्यक्ष टामलाल घिमिरे, फेन्सी तथा रेडिमेड व्यवसायी संघकास्कीका अध्यक्ष प्रदिप कुमार मुल्मी,सर्वेश्वर व्यवसायी समिति का अध्यक्ष सन्तोष पौडेल, वगर व्यवसायी समितिका अध्यक्ष विष्णु वास्तोला प्रकाश,चिप्लेढुंगा सिर्दाथचोक व्यापारिक एशोशियसनका अध्यक्ष डि.वि भुजेल, साधुमुख महेन्द्रपूल वजार व्यवसायी समितिका अध्यक्ष सुर्यराज त्रिपाठी लगायत अतिथिहरुले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष पवित्र वहादुर नेपालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम हेम कृष्ण श्रेष्ठले स्वागत मन्तव्य तथा संस्थाका महासचिव मोहनराज पौडेलले संचालन गर्नुभएको थियो ।

Facebook Comments