ट्रम्पको पुटिनसँग ठट्टा: ‘प्लिज, सन् २०२० को चुनावमा हस्तक्षेप नगर्नू’

सन् २०१६ मा भएको अमेरिकाको राष्ट्रपतीय चुनावमा रूसले हस्तक्षेप गरेका कारण ट्रम्प विजयी बनेको भन्दै अमेरिकामा चर्को बहस भयो ।

रूसी हस्तक्षेपका कारण नै डोनाल्ड ट्रम्पले चुनाव जितेको भन्दै छानबिनको माग गरियो । छानविन भइ प्रतिवेदन पनि तयार भएको छ ।

यसैवीच अमेरिकामा २०२०मा चुनाव हुँदैछ । राष्ट्रपति ट्रम्पले रूसी समकक्षी भ्लादमिर पुटिनलाई आउने साल हुने चुनावमा हस्तक्षेप नगर्न अनुरोध गर्नुभएको छ ।

शुक्रबारदेखि जी-२० राष्ट्रहरूको जापानको ओसाकामा सम्मेलनको पूर्वसन्ध्यामा दुई नेतावीच भेट भएको थियो ।

सोही बेला पत्रकारहरुले चुनावमा रुसको हस्तक्षेपको प्रस निकालेपछि ट्रम्पले भन्नुभयो, ‘प्लिज, सन् २०२० को चुनावमा हस्तक्षेप नगर्नू ।’

Facebook Comments