मदन भण्डारीको जन्मजयन्तीका अवसरमा वृक्षरोपण

मदन भण्डारीको ६७ औं जन्मजयन्तीका अवसरमा नेपाल कम्युनिष्ट पार्टीले देशैभर वृक्षरोपण कार्यक्रम गरेको छ ।

राष्ट्रिय वृक्षरोपण दिवस तथा मदन जन्मजयन्तीका अवसरमा देशैभर वृक्षरोपण गरिएको हो ।

वृक्षराेपण गर्दै नेकपाका युवा नेता पूर्ण गुरूङ

कार्यक्रम अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २ को बागेश्वरी बन परिसरमा वृक्षरोपण गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महानगरपालिका वडा नम्बर २ ले वृक्षरोपण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष यामबहादुर परियारको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा चितवनका अध्यक्ष परियारले वातावरण संरक्षण गर्नुपर्ने तर जनताका आधारभूत आवश्यकता पूरा हुनुपर्ने बताउनुभएको थियो ।

‘हामीले वन र वातावरण जोगाउने त्यसको फाइदा विकसित देशहरुलाई हुने यस्तो हुन सक्दैन, स्थानीय नागरिकका सवाल पनि सम्बोधन हुनुपर्छ’ परियारको भनाई थियो ।

नारायणी नदी किनारमा झण्डै ३ सय विरुवा रोपिएको कार्यक्रमका अध्यक्ष एवं नेकपा चितवनका जिल्ला कमिटी सदस्य कृष्ण केसीले जानकारी दिनुभयो ।

Facebook Comments