अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २ मिनेटका लागि किम भेट्न खाेज्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँग पुनः भेटवार्ताको प्रस्ताव गर्नुभएकाे छ । ट्रम्पले ट्वीटमा दुइ काेरियाकाे बाेर्डरमा भेट्न चाहेकाे र साे बेला हात मिलाउने र हेल्लाे भन्ने उल्लेख गर्नुभएकाे छ ।

जी – २० सम्मेलनमा जापन रहनुभएका राष्ट्रपति ट्रम्पले ट्वीट गरेर उत्तर र दक्षिण कोरिया छुट्याउने डिमिलिटराइज्ड जोन अर्थात् डिएमजेडमा भेट्ने प्रस्ताव राख्नुभएकाे हाे ।

साथै उहाँले जी–२० सम्मेलनमा उत्तर कोरियाका नेता किम जोङ–उन सहभागी भएकाे भए २ मिनेटका लागि भेट हुने बताउनुभएकाे छ । संवाददाताहरूलाइ ट्रम्पले यस्ताे बताउनुभएकाे हाे ।

राष्ट्रपति ट्रम्प जापानबाट ट्रम्प दक्षिण कोरियाकाे भ्रमणमा २ दिने भ्रमणमा जाने कार्यक्रम रहेकाे छ । भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको रोकिएको परमाणु निशस्त्रीकरण सम्बन्धी वार्तालाई पुनः जीवन दिने प्रयास गर्नुहुने बताइएको छ ।

Facebook Comments