प्रधानमन्त्रीद्वारा नासपाती रोपेर वृक्षरोपण अभियान शुरु

राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा देशैभर वृक्षरोपण गरिएको छ । दिवसका अवसरमा काठमाण्डौंमा कोटेश्वर(कलंकी सडक किनारमा शनिबार बिहान फलफूलका बिरुवा रोपिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रोपेर वृक्षरोपण अभियानको शुभारम्भ गर्नुभएको हो ।

सरकारले हालै असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा देशभर वृक्षारोपण अभियान सुरु गरिएको हो ।

कोटेश्वर(कलंकी क्षेत्रलाई ९ खण्डमा बिभाजन गरी जनसहभागीताको व्यवस्था मिलाइएको थियो । कोटेश्वरदेखि कलंकीसम्म करिब ३ हजार बिरुवा रोपिएको छ ।

Facebook Comments