असारभित्र पार्टी एकीकरणको काम सकिन्छ, दशैंपछि सरकारको आलोचनाको ठाउँ हुन्नः प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले असार मसान्तभित्र पार्टी एकीकरणको सम्पूर्ण काम सम्पन्न हुने दावी गर्नुभएको छ ।

पार्टी एकता घोषणा भएको १ बर्ष वित्दा समेत राजनीतिक दस्तावेज सार्वजनिक हुन सकेको छैन भने सांगठनिक एकता पनि केवल औपचारिकतामा सम्पन्न भएको छ । अझै सांगठनिक एकताको काम पनि बाँकी रहेको छ । नेताहरुको जिम्मेबारी बाँडफाँड हुन सकेको छैन ।

पछिल्लो समय त झन राजनीतिक दस्तावेजका विषयमा समेत विवाद भएको छ । पार्टीभित्र यस्तो परिस्थिति रहेका बेला प्रधानमन्त्री ओलीले काठमाण्डौमा आयोजित कार्यक्रममा यस्तो बताउनुभएको हो ।

मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाटी एकतामा केही अलमल स्वीकार गर्नुभयो । एकताका काम अगाडि बढाउन केही ढिला भएपनि त्यसबाट निराश हुनुपर्ने अवस्था नरहेको उहाँको भनाई थियो ।

प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गर्दे आएको र आगामी आर्थिक बर्षमा नया उत्साहका साथ अघि बढ्ने जिकीर गर्नुभयो । उहाँले दशैंपछि आलोचना गर्ने ठाउँ नै नरहने जिकीर गर्नुभयो ।

Facebook Comments