गण्डकी साहित्य संगमकाे अधिवेशन सम्पन्न, अध्यक्षमा डा.अधिकारी

गण्डकी साहित्य संगम पोखराको चौधौं साधारणसभा तथा अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनले डा. कृष्णराज अधिकारीको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ ।

संगमको उपाध्यक्षमा पद्मराज ढकाल, सचिवमा भीम रानाभाट, कोषाध्यक्षमा विजया सुवेदी, सदस्यमा लोकबहादुर थापा, नारायण मरासिनी, छविलाल आचार्य, यादवराज उपाध्याय, कल्पना चिलुवाल, शोभाकान्त गौडेल, काजी गाउँले, परशुराम कोइराला र याम राना छन् ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले समाजमा सांस्कृतिक रुपान्तरण र प्रगतिवादी साहित्य, संस्कारकाे लागि साहित्यिक अभियान जारी राख्ने बताउनुभयाे ।

Facebook Comments