नेकपा फुटला र पालो आउला भनेर नढुके हुन्छः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारी र जीवराज आश्रितको नियोजित हत्या भएको जिकीर गर्नुभएको छ । हत्या भएको भए पनि कसले हत्या र्गयो भन्ने प्रमाण अहिलेसम्म पत्ता लगाउन नसकिएको भण्डारीको भनाई छ ।

आम नागरिकलाई समेत मदन भण्डारीको हत्या नै भएको लागेको भन्दै प्रचण्डले आफ्नै पार्टीको नेतृत्वमा सरकार हुँदा समेत हत्यारा पत्ता नलाग्नु विडम्बना भएको बताउनुभयो ।

भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा गरेको विचार गोष्ठीमा प्रचण्डले यस्तो बताउनुभएको हो ।

भण्डारीको सच्चा उत्तराधिकारीको रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्तुत गर्नुभएका प्रचण्डले काँगेसतर्फ इंगित गर्दै नेकपा फुट्ला र हाम्रो पालो आउँछ भन्ने नसोच्न आग्रह गर्नुभयो ।

दुई पार्टी मिलेर नेकपा बनेको भन्दै नेकपाको सफलता नै देशको सफलता हुने प्रचण्डको भनाई रहेको छ । उहाँले नेकपा असफल भयो भने मुलुक असफल हुने बताउनुभयो । मदन भण्डारीको सोच्ने शैलीलाई अनुशरण गर्नुपर्ने प्रचण्डको भनाई थियो ।

Facebook Comments