अमेरिकी राष्टपति ट्रम्पले उत्तर कोरियाका नेता किमलाइ भेट्दै

अमेरिकी राष्टपति डोनाल्ड टम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनवीच भेटवार्ता हुने भएको छ । उत्तर कोरिया र दक्षिण कोरियाका सीमाक्षेमा उक्त भेटवार्ता हुन लागेको हो ।

दक्षिण कोरियाको भ्रमणमा रहनुभएका अमेरिकी राष्टपति टम्पले आफूले उत्तर कोरियाका नेता किमसँग भेट गर्न लागेको जानकारी दिनुभएको हो ।

सिएनएनको समाचार अनुसार टम्पले संवाददाताहरुसँग केही घण्टामा नै भेटवार्ता हुने बताउनुभएको हो । दुइ काेरियाकाे गैरसैनिक सीमाक्षेत्रमा किमलाइ भेट्ने बताउनुभएका ट्रम्पले उत्तर काेरियाका नेता किमसँग आफ्नाे केमेष्ट्री मिल्ने समेत बताउनुभएकाे छ ।

यसअघि जापानमा जी २० सम्मेलनका क्रममा राष्टपति टम्पले किमलाई दुई कोरियाको सीमा क्षेत्रमा भेट्ने इच्छा व्यक्त गर्नुभएको थियो ।

Facebook Comments