गरिमा विकास बैंकका ग्राहकले चरक अस्पतालमा उपचार गराउँदा छुट पाउने

गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले चरक मेमोरियल अस्पताल पोखरामा उपचार गराउँदा छुट पाउने भएका छन् ।

गरिमा विकास बैंक र चरक मेमोरियल अस्पतालवीच उपचार सम्बन्धि सम्झौता भएको हो ।सम्झौतापत्रमा गरिमा विकास बैंकका लिमिटेडका तर्फबाट गोविन्दप्रसाद ढकाल र चरक मेमोरियल अस्पताल प्रा.लि.को तर्फबाट अध्यक्ष.डा.बद्री पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार उपचारमा १० प्रतिशत र औषधिमा ५ प्रतिशत छुट उपलब्ध हुने बताइएको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको काठमाण्डौं उपत्यकामा ८ र देशभर ७६ शाखा र ३३ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

बैंकले निकट भविष्यमा नै १५ वटा शाखा सञ्चालन गर्ने तयारीमा रहेको जनाइएको छ । चरक अस्पताल पोखराको पृथ्बीचोकमा रहेको छ ।

Facebook Comments