मुक्तिनाथ विकास बैंकको शाखा भक्तपुरको सुर्यविनायक र काठमाण्डौं गोठाटारमा विस्तार

“जनता बैंकमा होइन, बंैक जनतामा जानुपर्दछ ” भन्ने मुलनाराका साथ आधुनिक बैंकिङ्ग र लघुबैंकिङ्ग सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा भक्तपुर जिल्लाको सुर्यविनायक र काठमाडौं जिल्लाको गोठाटारमा शाखा विस्तार गरेको छ ।

सुर्यविनायक शाखाको समुद्घाटन प्रतिनिधि सभाका सदस्य तथा पुर्व उद्योग मन्त्री महेश बस्नेतले गर्नुभयो । शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि बस्नेतले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवाप्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो ।

गोठाटार शाखाको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले गर्नुभयो । शाखाकार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि थापाले मुक्तिनाथ विकास बंैकको सेवा उल्लेखनिय रहेको बताउनुभयो ।

उहाँले आगामी दिनमा बैंकले स्थानीय संघसँस्थाहरुसंग समन्वय गरीअझ गुणस्तरीय सेवाप्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

समुद्घाटन कार्यक्रममा बैंकका सँस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमनपोखरेल, बैंकका ब्राण्ड एम्बेसडर सीताराम कट्टेल ( धुर्मुस ), सँस्थापक सेयरधनी, स्थानीय समाजसेवी तथा भद्र भलाद्मीहरुको उपस्थिति रहेको थियो ।

मुक्तिनाथविकास बैंक लि.ले देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम. र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।

Facebook Comments