नेकपामा पार्टी एकताबाट तलमाथि गर्न खोजे सबै सिद्धिने डर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टी एकताबाट तलमाथि गर्न खोजे सबै सिद्धिने बताउनुभउको छ ।

पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले सम्बोधन गर्ने क्रममा पार्टी एकताबाट दायाँबायाँ गर्न नहुने बताउनुभएको हो ।

बैठकमा सांसदहरुले पार्टी एकता टुंग्याउन बिलम्ब हुँदा नेता कार्यकर्ता बेरोजगार भएको बताएका थिए । सांसदहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रचण्डले आफूहरुले आँटेर पार्टी एकता गरेको बताउँदै यसलाई निष्कर्षमा पुर्याउनुपर्ने बताउनुभयो ।

साथै उहाँले पार्टी एकताका प्रक्रियाहरु पुरा गर्न केही समय लागेको स्वीकार गर्नुभयो । पार्टी अध्यक्ष केपी शर्माओलीसँग केही अन्तविरोध रहेको घुमाउरो भाषामा स्वीकार गर्दै प्रचण्डले आपसी छलफलबाट सहमति कायम गरी एकतालाई निष्कर्षमा पुर्याउनुको विकल्प नभएको बताउनुभयो ।

आफ्नो प्रस्तुतिले पार्टी एकतालाई आँच पुग्ने अवस्था केही रहे त्यस्ता भनाई फिर्ता लिने भन्दै प्रचण्डले अर्का प्रधानमन्त्रीसँग सल्लाह भइरहेको बताउनुभयो । प्रचण्डले एउटै डुंगामा सवार रहेकाले डुंगा डुवेमा सबै डुव्ने बताउनुभयो ।

Facebook Comments