सांसद दीपक मनाङे पार्टी प्रवेश संगै गण्डकी प्रदेशमा नेकपाको दुई तिहाई

गण्डकी प्रदेशको मनाङ जिल्ला प्रदेश ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) नेकपामा प्रवेश गर्नुभएको छ ।
सांसद गुरुङलाई गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहनु भएका नेपाल कम्युनिष्टपार्टी (नेकपा)का गण्डकी इन्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टीमा स्वागत गर्नुभयो । मुख्यमन्त्री गुरुङले सांसद राजीवलाई टिका खादा लगाएर नेकपाको विधान २०७५ र निर्देशीका हस्तान्तरण गरेर पार्टी प्रवेश गराउनु भएको हो ।
सांसद गुरुङ संगै विप्लव नेतृत्वका पुराना कम्युनिष्ट नेता पुष्प कार्की नेकपा प्रवेश गर्नुभएको छ । माछापुच्छ्रे गाउँपालिकाका इन्चार्ज कार्कीलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नै पार्टी प्रवेश गराउनु भएको थियो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांसद राजीव गुरुङ नेकपामा प्रवेश संगै गण्डकी प्रदेशमा नेकपाको दुई तिहाई सदस्य रहेको बताउनु भयो । प्रदेश सभामा जम्मा ६० सदस्य मध्य अब नेकपाको ४० सदस्यी भएको छ ।
मुख्यमन्त्री गुरुङले मनाङ जिल्ला संगै अब गण्डकी प्रदेशनै लाल किल्ला हुने बताउनु भयो । अब नेकपामा पार्टी प्रवेशको लहर शुरु भएको भन्दै गुरुङले सामाजिक काम राम्रो काम गर्छु भनेर आउनेलाई नेकपामा स्वागत रहेको बताउनु भयो । कुनै व्यक्ति सुध्रन्छु भन्दा सुध्रने मौका नेकपाले दिने बताउनु भयो । विप्लव नेतृत्वको पुराना कम्युनिष्ट नेता पुष्प कार्कीले आजै देखि विप्लबको नेतृत्व नेकपाको सवै जिम्मेवारी परित्याग गरेर नेकपामा प्रवेश गरेको बताउनु भयो । कार्कीले विप्लवले गरेको क्रान्ती पनि देशमा समृद्धिको लागि भएकोले यहि पार्टीबाट मात्र समृद्धि सम्भव भएको भन्ने सोचेर नेकपा प्रवेश गरेको बताउनु भयो ।

Facebook Comments