द्वन्द्वग्रस्त लिवियामा नेपाली, विद्रोहीको आक्रमणमा १ नेपालीको मृत्यु

आकर्षक रोजगारीको प्रलोभनमा द्वन्द्वग्रस्त मुलुकमा समेत नेपालीहरुको तस्करी हुने गरेको खुलासा भएको छ । यस्तो खुलासा लिवियामा विद्रोहीले गरेको आक्रमणपछि भएको हो ।
आक्रमणमा परी एक नेपालीको मृत्यु भयो । मुत्यु हुनेमा लम्जुङ चिती–८ तिनपिप्लेका सन्तोष श्रेष्ठ रहेको बताइएको छ । श्रेष्ठ सन् २०१९ जनवरी महिनामा लिविया पुगेको पारिवारिक श्रोतले जनाएको छ । मासिक २ लाख आम्दानी हुने भएपछि परिवारको समेत सहमतिमा श्रेष्ठ लिवियातर्फ लागेको बताइएको छ ।
तर आक्रमण हुने डरले इटाली वा माल्टातर्फ मानवतस्करहरुकै सहायताले नेपालीहरु पुग्ने गरेको खुलासा समेत भएको छ । श्रेष्ठ पनि इटाली जाने क्रममा विद्रोहीको कब्जामा परेको र फेरी लिविया नै फकार्र्ईएपछि नेपाल फर्काउने तयारीमा रहेकै बेला विद्रोहीको आक्रमणमा परि मृत्यु भएको हो ।
लिबियामा राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेना खटिएको छ । मिसनका खटिएको टोलीले सन्तोषसँगै रहेका अन्य ८ जना नेपालीलाई भने टर्की हुँदै नेपाल फिर्ता पठाइएको छ । शिविरमा अझैपनि नेपालीहरु रहेको बताइन्छ ।
मंगलबार राति लिबियाको एक विद्रोही समूहले त्रिपोलीनजिकै सन्तोष रहेको शिविरमा बम आक्रमण गर्दा शिविरमा रहेका मध्ये ४० भन्दा बढी मारिए, ८० जनाभन्दा बढी घाईते भएका थिए ।
उहाँले सरकारले सांसदका रुपमा दिने सेवा सुविधाले आफूलाई चिया खान पनि नपुग्ने टिप्पणी गर्नुभयो । नेकपाले देशमा राम्रो काम गर्ने अपेक्षा सहित पार्टी प्रवेश गरेको उहाँको भनाई छ ।
विभिन्न अपराधिक गतिविधिमा संलग्न समूहको नाइकेको रुपमा चिनिने परिचित गुरुङ चुनावमा विजयी भई सकेपछि ज्यान मार्ने उद्योगसम्बन्धी पुरानै मुद्दाको क्रममा पक्राउ परी कारगारबाट मुक्त भएपछि गत माघ १४ मा प्रदेश सभामा सपथको व्यवस्था मिलाइएको थियो ।
गुरुङलाई तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेले टिकट दिने निश्चित भएपछि पनि चौतर्फी विरोधका कारण स्वतन्त्र रुपमा चुनाव लड्नुपरेको थियो ।
तर पछि एमालेका उम्मेदवारले आफ्नो उम्मेदवारी नै फिर्ता लिई सहयोग गरेको बताइन्छ । गुरुङको पार्टी प्रवेशलाई लिएर नेकपाका नेता कार्यकर्ताले सामाजिक सञ्जालमा असन्तुष्टी व्यक्त गरेका छन् ।