मन्त्री परिषद् बैठकका निर्णय सार्वजनिक, ३ महासेनानी रथीमा बढुवा

नेपाल सरकारको गत असार १२ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गरिएको छ । बैठकले विभिन्न १५ वटा निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

बिहीबार पत्रकार सम्मेलन गरेर सञ्चारमन्त्री बाँस्कोटाले निर्णय सार्वजनिक गरेका हुन् ।

जसअनुसार वागमती नदीको तटीय क्षेत्र सुधारका लागि एसियाली विकास बैंकसँग सहुलियत ऋण लिन अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा आठ सदस्यीय वार्ता समिति गठन गरिएको छ भने विभिन्न जर्मन सरकारको तर्फबाट हुने आर्थिक सहयोग लिन अर्थमन्त्रालयका सहसचिवलाई अख्तियारी दिइएको छ ।

नेपाल औषधि लिमेटेडलाई अवकास प्राप्त कर्मकारी र अन्यलाई तलब, भत्ताका लागि तीन करोड ८२ लाख रुपैंया उपलब्ध गराउने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको छ ।

यस्तै गुठी तथा सरकारी जग्गाको छानविनका लागि गठित नेपाल प्रहरी सिआइबीको समितिको म्याद दुई महिना थप गरिएको छ ।

यसैगरी केन्द्रीय बालकल्यान समिति र जिल्ला बाल कल्याण समितिका कर्मचारीको समायोजन, नेपाली सेनाका तीन जना महासेनानीलाई सहायक रथी दर्जामा पदोन्नती गरी पदस्थापन गर्ने तथा १६ जना सहायक रथीलाई सरुवा गर्ने निर्णय मन्त्री परिषद बैठकले छ ।

प्राविधिक सहायक रथी कमाल सिंह प्रधान, प्राविधिक महासेनानी शरदलाल श्रेष्ठ र प्राविधिक प्रमुख सेनानी किरण श्रेष्ठलाई पदोन्नती गरी पदस्थापन गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद्ले प्राविधिक महासेनानी डा मुकुन्द सिंह श्रेष्ठ र प्राविधिक प्रमुख सेनानी डा सुनिता पन्तलाई पदोन्नती गरी पदस्थापन गर्ने तथा प्राविधिक सहायक रथी डा अरुण कुमार न्यौपानेलाई सरुवा गर्ने निर्णय गरेको छ ।

Facebook Comments