भारतीय काँग्रेस पार्टीका अध्यक्ष राहुलद्वारा राजीनामा

भारतीय कांग्रेस पार्टीका प्रमुख राहुल गान्धीले पदबाट राजीनामा दिनुभएकाे छ । राहुलले राजीनामाको घोषणा गर्दै भर्खरै सम्पन्न लोकसभा चुनावको हारको जिम्मा समेत लिने बताउनुभएकाे छ ।

उहाँले कांग्रेस पार्टीलाई फेरि उठाउनका लागि कडा फैसला जरूरी भएकाे बताउनुभएकाे छ । साथै राहुलले नयाँ नेतृत्वले पार्टीको साहस, प्रेम र इमानदारीलाई अझ बढाउने विश्वास व्यक्त गर्नुभएकाे छ ।

यसअघि लाेकसभा निर्वाचन लगत्तै पनि राहुलले राजीनामा दिने मनशाय व्यक्त गरेको बताइएकाे छ । राजीनामा दिएलगत्तै राहुलले नयाँ अध्यक्ष छान्ने जिम्मा एउटा समूहलाई दिइनुपर्ने उल्लेख गर्नुभएकाे छ।

Facebook Comments