होला त चीनका राष्ट्रपतिको नेपाल भ्रमण ?

नेपालका तर्फबाट पटक पटक चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका लागि पहल भइरहेको छ ।

यसअघि भ्रमण गर्ने तयारी भएपनि विभिन्न कारणले चीनका राष्ट्रपति सी जिनपिङको भ्रमण हुन सकेको छैन । नेपालका तर्फबाट फेरि भ्रमण गराउनका लागि पहल भइरहेको छ ।

चीनको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालले पहल गर्नुभएको हो । चीनका परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने सकेंत गर्नुभएको छ ।

बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बुधबार भएको भेटवार्तामा राष्ट्रपति सीको नेपाल भ्रमण चीनको कूटनीतिक एजेन्डामा रहेको जानकारी दिनुभएको हो ।

परराष्ट्रमन्त्री वाङले सीको भ्रमणको बारे थप छलफल गर्नुपर्ने बताउनुभयो । परराष्ट्रमन्त्री ज्ञवाली र वाङबीच आधा घन्टा छलफल भएको थियो  ।

परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर रहेको भन्दै उच्चस्तरीय भ्रमण आदान–प्रदानले सम्बन्ध थप सुदृढ हुने बताउनुभएको थियो । वाङले उपयुक्त समयमा सीको भ्रमण हुने बताउनुभएको थियो ।

Facebook Comments