हेमजामा ८ क्वीन्टल गाँजा नष्ट

सामुदायिक प्रहरी सेवा एवं सामुदायीक सेवा केन्द्र हेमजाको आयोजनामा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा शुक्रबार ८ क्युन्टल गाँजा नष्ट गरिएको छ ।

वडा न. २५ का वडा अध्यक्ष शोभाखर तिमिल्सिना लगाएत जनप्रतिनिधिको सहभागितामा हेमजाको मिलनचोकदेखि स्थानीय सापकोटाचोकसम्म गाँजा फडानी गरिएको हो ।

गाजाँ फडानी गर्न हेमजामा रहेका आमा समुह, महिला सञ्जाल, समितिका पदाधिकारी लगाएत स्थानिय बासिको उपस्थिती रहेको थियो । फडानी गरिएको गाँजा सकंलन गरि वडा कार्यलय अगाडी ल्याएर नष्ट गरिएको हो ।

लागु औषधका रुपमा गाँजा प्रयोग गरिने भएकाले फडानी गरिएको सेवा केन्द्र हेमजाकी अध्यक्ष बिष्णु बाँस्तोलाले जानकारी दिनुभयो । स्वच्छ समाज निर्माणको लागी सेवा केन्द्रले यस्ता काम गर्दै आएको र यसलाइ निरन्तरता दिने उहाँको भनाइ छ ।

Facebook Comments