तत्कालीन नयाँ शक्ति पार्टीका नेता पराजुली सहितका नेता नेकपामा प्रवेश

तत्कालीन नयाँ शक्ति पार्टीका नेताहरु देवेन्द्र पराजुली, साेही पार्टीका नेतृ पूर्वमन्त्री कल्पना धमला मनु हुमागाइँ र आम नेपाली पार्टीका नीलकण्ठ पौडेल लगायतका नेता कार्यकर्ता सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । 

नेकपाकाे कार्यालय धुम्रबाराहीमा शुक्रबार आयोजित कार्यक्रममा उनीहरुलाई पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड)ले फूलमाला लगाएर पार्टीमा स्वागत गर्नुभएकाे हाे ।

नयाँ शक्ति पार्टीबाट प्रवेश गर्नुभएका तीनै जना नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपाल एकीकरण भएपछि उक्त पार्टीमा आवद्ध रहेपनि असन्तुष्ट रहेका थिए ।

पार्टी प्रवेशपछि नेता देवेन्द्र पराजुलीले केही नयाँ गर्न सकिन्छ कि भनेर नयाँ शक्तिमा लागेकाे तर त्यसमा असफल भएकाे उल्लेख गर्नुभयाे ।

Facebook Comments