गण्डकी प्रदेशमा बर्षेनी १४ हजार महिलाले गर्भपतन गराउने

गण्डकी प्रदेशमा मात्रै एक बर्षमा १३ हजार ९ सय ३७ जना महिलाले गर्भपतन गराएको तथ्याङ्क प्रस्तुत गरिएको छ । पोखरामा आज सञ्चारकर्मी र सरोकारवाला वीच भएको अन्तरक्रियामा कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्ट र भवानी शर्माले कार्यपत्र मार्फत सो जानकारी गराउनुभएको हो ।

गर्भपतन गराउनेमा ७२ प्रतिशत २० बर्ष मुनिका रहेको बताउनु भयो । उहाँले नेपालमा ५८ प्रतिशतले असुरिक्षत गर्भपतन गराउने गरेको बताउनुभयो ।

नेपालमा १ सय ७८ सस्थामा सुरक्षित गर्भपतन गराउने मान्यता पाएपनि अझैपनि असुरक्षित गर्भपतन गराउनेको सख्यामा कमी नआएको बताउनुभयो ।

अन्तरक्रियामा डाक्टर गिरीधारी शर्मा ,सोसाइटी अफ हेल्थकेयर जर्नालिष्ट नेपालका अतुल मिश्र लगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Facebook Comments