गण्डकी प्रदेशका सांसदले स्वकीय सचिव राख्न पाउने

आगामी आर्थिक बर्ष ०७६/७७ को सुरु देखि नै गण्डकी प्रदेशका सबै सांसदहरुले स्वकीय सचिव राख्न पाउने भएका छन् । गण्डकी प्रदेश सरकारले बजेटमै सांसदका स्वकीय सचिवलाई तलव सुविधाको ब्यवस्था गरिदिएको हाे ।

‘नायवसुब्बा स्तरका ब्यक्तिलाई स्वकीय सचिवमा नियुक्त गर्न पाउने गरी बजेट ब्यवस्था गरिएकाे गण्डकी प्रदेश सरकारका प्रबक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयाे । उहाँका अनुसार अव मन्त्रीपरिषद् बैठकले स्वीकय सचिव राख्नेबारे निर्णय गर्छ ।

स्वीकय सचिव राख्नका लागि सुविधा सम्बन्धि ऐन संशोधन गर्नुपर्ने हुन्छ । सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुविधाको लागि छुट्टै ऐन बनाएको छ ।

पहिले नै सचिवको सुविधा लिएका सांसदहरुलाई थप सुविधा नपाउने बताइएकाे छ । सभामुख, उपसभामुख, विपक्षी दलका नेताले स्वकीय सचिवको सुविधा पाईसकेका छन् ।

प्रदेशका सांसदमध्ये ४९ जनालाई यो सुविधा हुने छ । बाँकीले यसअघि नै सुविधा पाएका छन् ।

Facebook Comments