फुस्रे खाेलामाथिको तुइन हटाइयो

पोखरा महानगरपालिकाको वडा नं १७ र २१ बीचको फुस्रे खोला माथि गण्डकी फर्मले चलाउँदै आएको तुइन आज हटाइएको छ ।

बंगुरका दाना लगायतका सामाग्री ढुवानीका लागि भनिए पनि तुइनबाट विद्यालयका विद्यार्थी तथा सर्वसाधारण जोखिमपूर्ण तवरबाट ओहोरदोहोर गरेको पाइए पछि उक्त तुईन हटाउन बिहिवार प्रशासनले निर्देशन दिएको थियो ।

गत मंगलबार तुइनबाट जोखिमपूर्ण रुपमा विद्यार्थी आवतजावत गरेको तस्वीर राष्ट्रिय समाचार समितिबाट सम्प्रेषित भएसँगै यस सम्बन्धमा सरोकारवाला निकायको ध्यानाकर्षण भएको थियो ।

नेपाल प्रहरीको टोलीले आज तुईनमा प्रयोग हुँदै आएको बाकस झिकेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक कोमल शाहका अनुसार झिकिएको तुइनको बाकस प्रहरीको नियन्त्रणमा रहेको छ । नेपाल सरकारले मुलुकबाटै तुइन विस्थापन गर्ने नीति लिएको छ

Facebook Comments