प्रदेशको पर्यटकीय गन्तब्यमा स्वरेकमैदान सगै स्वरेककोट र गडहरे गुफा पनि

गण्डकी प्रदेश सरकारले प्रदेशका प्रमुख पर्यटकीय गन्तब्यहरु सार्वजनिक गरेको छ ।
यसैविच स्याङजा जिल्लाको पर्यटक आकर्षण केन्द्रहरुमा भीरकोट नगरपालिकामा पर्ने स्वरेक मैदान प्याराग्लाडिङ , स्वरेककोट,गडहरे गुफा छाया क्षेत्र(छाङछाङदी)पनि पर्यटकीय क्षेत्रको रुपमा पहिचान गरिएको छ ।

संघिय सरकारलेनै १०० गन्तब्य पारेको स्वरेक मैदान प्याराग्लाइङिको लागि प्रदेश सरकारलेपनि आगामी आर्थिक बर्षको लागि ४० लाख रकम विनियोजना गरेको छ । स्वरेक मैदान नेपालमै प्यराग्लाइडिङको लागि चर्चित ठाउँहो यस ठाउँबाट सन २०१८मा नेपालमै पहिलो पटक प्यराग्लाइडिङको अन्तराष्ट्रिय प्रतियोगिता सम्पन्न भएको थियो ।

स्वरेक कोटमा रहेको भैरवकालिका मन्दिर प्रख्यात शक्तिपिठको रुपमा परिचित रहको छ

भीरकोट वडान ८मा पर्ने गडहरे गुफा नेपालकै लामो गुफा भएको दावी गरीएको गुफा हो , जुन गुफा भित्र ५ घण्टा हिड्दा पनि अहिले सम्म अन्तिम बिन्दु भेटिएको छैन ।


गण्डकी प्रदेशले घोषणा गरेको एक जिल्ला १० गन्तब्य अन्तरगत १ सय १० गन्तब्य मध्य एक जिल्लामा चार वटा पर्यटकीय क्षेत्रलाई यसबर्ष ४० लाखको दरले रकम छुट्टाइएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो ।स्याङजामा प्रमुख पर्यटकीय गन्तब्यहरुमा अन्य राम्दीधाम र मिर्मि सेतीवेणी उच्चबाँध तथा स्टिमर यात्रा ,साल्मेडाँडा गोरखा स्मारक र नुवाकोट कालाभैरव मन्दिर ,सिरुवारी पर्यटकीय गाउँ, आलमदेवी मिन्दर,सतौ चण्डिथान,गहौकालिका रहेका छन् ।

Facebook Comments