शारीरिक र मानसिक स्फूर्तिका लागि खेल महत्वपूर्ण

संघीय सरकारका खानेपानी मन्त्री बिना मगरले शारीरिक र मानसिक स्फूर्तिका लागि खेल महत्वपूर्ण भएको बताउनुभएकाे छ । सोमबार पोखरामा आयोजित प्रकाश दाहाल स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको समापन कार्यक्रमलाइ सम्बाेधन गर्दै मन्त्री मगरले यस्ताे बताउनुभएकाे हाे ।

प्रकाश दाहालको ३८ औं जन्म जयन्तीको सन्दर्भ पारेर अनेरास्ववियू (क्रान्तिकारी) प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरञ्चौर, कास्कीले उक्त प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा कास्की जिल्लाका विभिन्न फुटबल क्लवहरुले सहभागिता जनाएका थिए। कार्यक्रममा स्थानीय पहिचान र संस्कृति झल्किने सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।

सो अवसरमा प्रकाश दाहाल फाउण्डेशनका तर्फबाट आयोजकलाई एक लाख सहयोग हस्तान्तरण गरिएको थियो। कार्यक्रममा गण्डकी प्रदेशका विकास समितिका सभापति दीपक कोइराला, पूर्वसभासद् तेजकुमारी पौडेल, विद्यार्थी नेता क्षितिज सापकोटा लगायतले सम्बोधन गरेका थिए ।

Facebook Comments