धर्ती माता बताउने विष्णु कुँवर धराैटीमा थुनामुक्त

सार्वजनिक स्थानमा नै एक युवतीलाई यातना दिने विष्णु कुँवरलाई धरौटी लिइ थुनामुक्त गरिएको छ ।

काठमाडौंको भद्रकाली मन्दिरमा युवतीलाई ‘धर्ती माता’ बताउने महिला विष्णु कुँवरले अभद्र व्यवहार गर्दै यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कुँवरलाई पक्राउ गरेको थियो ।

काठमाडौं प्रहरी परिसरले कुँवरमाथि दुई वटा मुद्दा चलाए पनि दुवै मुद्दामा धरौटीमा छाड्ने आदेश भएको हो ।

मुलुकी अपराध संहितामा भएको अपमानजन्य व्यवहार सम्बन्धी कसुरमा जिल्ला अदालत, काठमाडौंले २० हजार रुपैयाँ धरौटी र अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १० हजार रुपैयाँ धरौटी माग गरेको थियो ।

माग गरेको धरौटी रकम बुझाएर कुँवर थुनामुक्त भएको प्रहरीले जनाएको छ । तर पीडित युवतीले अहिलेसम्म कुँवरविरुद्ध उजुरी नदिएको बताइएको छ । पीडितले उजुरी दिएमा ५ बर्ष कैद र ५० हजार जरिवानाको कार्वाही हुन सक्ने व्यवस्था रहेको छ ।

Facebook Comments