गण्डकी प्रदेशको मुख्य लक्ष्य दिगो विकासः मन्त्री बस्नेत

निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण ब्यबसायीलाई कार्वाही गर्ने चेतावनी

गण्डकी प्रदेशका भौतीक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेशको मुख्य लक्ष्य दिगो विकास भएको बताउनु भएको छ । मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिका वडानं ८ पौखोला सिमलबेशी सिंचाई आयोजनाको उद्घाटन गर्दे मन्त्री बस्नेतले सो कुरा बताउनु भएको हो ।

कास्कीको माछापुच्छ्रेमा सम्झौता भन्दा ५ महिना अगाडिनै सिचाई आयोजना सम्पन्न गरेकोमा निर्माण ब्यवसायी हरि प्रसाद लम्साललाई सम्मान गर्दे मन्त्री बस्नेतले निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण ब्यबसायीलाई कार्वाही गर्ने चेतावनी दिनुभयो ।

उहाँले अब विकास निर्माणको काम देखिने गरी हुने पनि बताउनुभयो । प्रदेश सरकार स्थानीय सरकार संग सहकार्य गरेर कार्य गर्न आतुर रहेको भन्दै प्रदेश सरकारले खानेपानीमा २० लाख, सिचाई योजनामा ३० लाख र बाटोमा ५० लाख भन्दा कमको बजेटनै नछुट्टाएको बताउनुभयो ।

कास्की क्षेत्रनं ३ का प्रदेश सभा १ का सांसद रामजी बराल (जिवन)ले योजना पर्ने मात्रै नभएर समयमै सम्पन्न गर्नु महत्वपुर्ण भएको बताउनुभयो । २०७५ पौषमा सम्झौता भएर २०७६ मंसिरमा सम्पन्न गर्ने सम्झौतामा भएकोमा ५, ६महिना अगाडिनै गुणस्तरीय काम गरेर जनतालाई हस्तान्तत्रण गर्न सफल भएको भन्दै उपभोक्ता समिति र निर्माण कम्पनी प्रति आभार प्रकट गर्नुभयो ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख किरण आचार्यले ७२ लाखको लागतमा १६ सय मिटर लामो सिचाई योजना सम्पन्न भएको बताउनु भयो । सो योजनाबाट ३४ हेक्टर जमिनमा सिचाई सुविधा पुग्ने छ ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङले योजना निर्धारित समय भन्दा पनि छिटो सम्पन्न गरेको र संघ र प्रदेश सरकार संगको समन्वयमा काम गर्ने तत्तपर रहेको बताउनुभयो ।

भौतीक पुर्वाधार मन्त्रालयका सचिव इश्वरचन्द्र मरहठ्ठाले अब जुन आर्थिक बर्षमा काम शुरु हुन्छ त्यही आर्थिक बर्षमा काम सम्पन्न गर्न लक्ष्य मन्त्रालयको रहेको बताउनुभयो ।

Facebook Comments