भाेजपुरमा प्रहरी र विप्लव नेतृत्वकाे नेकपा कार्यकर्तावीच गाेली हानाहान, २ काे मृत्यु

भोजपुरमा गोली चल्दा २ जनाको ज्यान गएको छ । १ जना घाइते भएका छन् । भोजपुर बजार नजिकै शनिबारे हटियामा गोली चल्दा १ जना सिभिल प्रहरी र गोली चलाउनेको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।

गोली लागेर खोटाङ घर भई भोजपुरमा कार्यरत प्रहरी सञ्जिव राईको ज्यान गएको हो । राईको ज्यान गएपछि जवाफी कार्वाहीका क्रममा गोली चलाउने चन्द समूहका नीर कुमार राईको पनि ज्यान गएको प्रहरीले बताएको छ ।

गोली किन र कसरी चल्यो भन्ने अनुसन्धान भइरहेको छ । अहिले भोजपुरको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

Facebook Comments