पोखरामा उद्यम उत्सव

हेफर नेपाल इन्टरनेशनलको उद्यम सहजिकरण परियोजना अन्तर्गत उद्यम सहजीकरणका माध्यमबाट समाजमा अनुकरणीय बन्दै गएका उद्यमीका सफलताका कथा प्रस्तुत गर्दै पोखरामा उद्यम उत्सव मनाइएको छ ।

कार्यक्रममा उद्यमीहरूले हेफरको उद्यम सहजकर्ता मार्फत आँफूले नयाँ व्यवसाय सुरु गर्न तथा स्थापित व्यवसायमा आइपरेका समस्या सुझल्झाउन प्राप्त सहजीकरण सहयोग र सफलताका कथा सुनाएका थिए ।

उद्यम सहजीकरणसँगै व्यवसायिक दक्षता अभिबृद्धि र त्यसले व्यवसाय प्रति अझै लगाव बढाउने गरेका अनुभव उक्त अवसरमा सुनाइयो ।

कास्कीको भरतपोखरीकी कृषक जितु पुनमा व्यवसायिकताको इच्छा त थियो नै तर के गर्ने, कसरी गर्ने कुनै मेसोमेलो भने थिएन ।

अन्यौलताकै बीचमा उद्यमशिलताका क्षेत्रमा कृयाशिल संस्था हेफर इन्टरनेशनलको उद्यम सहजीकरण सहयोगसँगै आँफूले यतिखेर व्यवसायिक भैसीपालन सुरु गरेको पुनले कार्यक्रममा जानकारी दिनुभयो ।

“के गर्नु व्यवसायिक भैसी पालनको इच्छा त थियो, तर त्यसको बजारीकरण, वित्तीय व्यवस्थापन जस्ता कुरामा कुनै अनुभव थिएन,” उहाँले भन्नुभयो, “उद्यम सहजीकरणका लागि सहयोग पाइए सँगै यतिखेर दुईवटा उन्नत जातका भैंसी पाली त्यसको दुध बजारमा पुर्याएर राम्रै आम्दानी गरेकी छु ।”

दैनिक ४८ लिटर दुध उत्पादन गर्दै आएकी पुनले यतिखेर सबै खर्च कटाएर मासिक २५ देखि ३० हजार रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ ।

उद्यम सहजकर्ता सन्तोष थापाले आँफूहरूले उद्यमीलाई कुनै आर्थिक सहयोग नभै उद्यमशिलताका लागि उत्पादन, बजारीकरण र वित्तीय व्यवस्थापन सम्बन्धमा सहजीकरण गर्ने गरेको बताउनुभयो ।

“व्यवसायिकताको विकासमा उत्पादन, बजारीकरण र वित्तीय व्यवस्थापन तीनवटै कुराले छुट्टाछुट्टै महत्व राख्दछ,” उहाँले भन्नुभयोे, “यी तीनवटै कुरामा प्रतिवद्ध भई आउने जो कोही व्यक्ति वा संस्थाका लागि हामीले सहजीकरण गर्ने गरेका छौं ।”

उत्पादन, बजारीकरण र वित्तीय व्यवस्थापन तीनवटै विषय प्रभावकारी भएमा त्यसले व्यवसायिकतालाई सफल बनाउने कुरा आँफूले छोटो समयको अनुभवबाट प्राप्त गरेको बताउने पुनले बताउनुभयो् । पुनलाई उनका श्रीमान लोकबहादुरले बजारीकरण र छोरीले वित्तीय व्यवस्थापनमा सहयोग गर्ने गरेका छन् ।

उद्यम सहजीकरणसँगै उत्साहित यतिखेर पाँच वर्षे व्यवसायिक योजना बनाएर तत्काल पाँच वटा भैसी थप्ने र यस अवधिमा १० देखि १५ वटासम्म बढाउने लक्ष्य पुनको रहेको छ ।

पुन जस्तै लाहाचोककै युवा उद्यमी प्रेमप्रसाद अधिकारी यतिखेर अरुका लागि पनि अनुकरणीय बन्नुभएको छ । पैसा कमाउन मलेसिया पुगेका अधिकारी विरामी भएपछि उल्टो घरबाट डेढ लाख रुपैयाँ झिकाएर नेपाल फर्कनुभएको थियो ।

विदेश फर्के लगत्तै कुखुरापालन र तरकारी खेती गरे पनि उत्पादन, बजारीकरण र वित्तीय व्यवस्थापनमा तालमेल नमिलेपछि उहाँको व्यवसाय फस्टाउन सकेन उल्टो घाटामा जान थाल्यो ।

उद्यम सहजीकरणमा सहयोग प्राप्त भएसँगै पछिल्ला दिनमा व्यवसाय सफलता तर्फ अघि बढीरहेको र आँफू उत्साहित बनेको अधिकारीको भनाई छ ।

त्यस्तै कास्कीको लाहाचोकमा पाँच वटा महिला समूहको सकृयातमा गठित प्रतिभा समाजिक उद्यमी महिला सहकारीले तरकारी लगायतका कृषिजन्य उत्पादनका माध्यमबाट आयआर्जन गर्दै आएको छ ।

हेफर इन्टरनेशनलबाट उद्यम सहजीकरणमा सहयोग पुर्याएसँगै आँफूहरूले उत्पादन गरेका वस्तुको बजारीकरण र वित्तीय व्यवस्थापन निकै सहज बनेको सहकारीकी अध्यक्ष गोमा अधिकारीको भनाई छ ।

उद्यम सहजीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ हेफर इन्टरनेशनलले सिरोली इष्टिच्युटको सहकार्यमा नेपालका कास्की, चितवन र ललितपुरमा २०७५ बैशाख १ गतेबाट कार्यक्रम सुरु गरिएको परियोजनाका कन्ट्री ट्रेनर(ऋयगलतचथ त्चबष्लभच) सुवि जोशीले जानकारी दिनुभयो ।

परियोजनाका पोखरा मार्केट क्लष्टरका कार्यक्रम प्रबन्धक केशवदत्त दवाडीले उद्यम सहजीकरणसँगै व्यवसायिकता तर्फ कृषकमा उत्साह बढेको धारणा व्यक्त गर्नुभयो ।

यसैबीच हेफर इन्टरनेशनले आज पोखरामा आयोजित कार्यक्रममा उद्यम सहजकर्ता सन्तोष थापा, उद्यम सहजीकरणमा समन्वय एवम् सहयोग पुर्याएको भन्दै करुणा महत, सकुन्तला भुजेल लगायतलाई सम्मान गरिएको थियो ।

उहाँहरूलाई सिरोली इष्टिच्युटका प्रबन्धक फ्रान्सिस्को सिरोलीले सम्मान गर्नुभयो । कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्य, सिरोली इष्टिच्युटका प्रबन्धक फ्रान्सिस्को सिरोली र परियोजनाका पोखरा मार्केट क्लष्टरका कार्यक्रम प्रबन्धक केशवदत्त दवाडीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

Facebook Comments