बिरौटा साझा चौतारीको वृक्षरोपण

लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीले पोखरामा बिहीबार एक कार्यक्रमका विच पोखराको महतगौंडामा वृक्षरोपण गरेको छ ।

क्लवको नियमित कार्यक्रम अन्र्तगत पोखरा महानगरपालिका १७ महतगौंडा स्थित शान्ति टोलमा वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा क्लस्टर २३ का क्लस्टर प्रमुख पृथ्वीराज तिमिल्सीना र वडा १७ का जनप्रतिनिधी बैकुण्ठ भण्डारीले कार्यक्रम संयोजक गायत्री पौडेललाई संयुक्त रुपमा विरुवा हस्तारण उद्घाटन गर्नुभयो ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि क्लस्टर प्रमुख तिमिल्सीनाले वातावरण संरक्षणमा वृक्षारोपणको महत्वका विषयमा जोड दिनुभयो । उनले वृक्षारोपण पछि पनि वृक्षको संरक्षण गर्न क्लव र स्थानीयलाई आग्रह गर्नुभयो ।

विशेष अतिथि वडा सदस्य बैकुण्ठ भण्डारीले स्वच्छ वातावरणका लागि विरुवा आवश्यक रहेकोमा जोड दिएका उहाँले आगामी दिनहरु वडा कार्यलय विभिन्न क्लव , आमा समुह तथा विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै वातावरण तथा विकास निर्माणका लागि अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा डिस्ट्रिक चेयरपर्सन जीत बहादुर थापा, रिजन चेयर पर्सन पवित्रराज तिवारी, दुर्गा कुमारी आचार्य, ट्री प्लानटेसन कमिटिका चेयर पर्सन प्रदिप बराल, जोन चेयरु पर्सन रामजी घजु, लायन्स क्लव अफ पोखरा फेवा बेगनासका अध्यक्ष टंक ढकाल, स्थानिय कृष्ण प्रसाद पौडेल लगायतका वक्ताहरुले वृक्षारोपण र यसको संरक्षणको दायित्व सबैको भएको र यसमा स्थानियको चासो उत्तिकै हुनेमा जोड दिनुभयो ।

क्लवले लायन वर्षको सुरुवात वृक्षारोपणबाट सुरु गरेको कार्यक्रम संयोजक गायत्री पौडेलले जानकारी दिनुभयो । संयोजक पौडेलले सो क्षेत्रमा असोका, कपुर, तेजपत्ता लगायतका विभिन्न प्रजातिका करिव ८० वटा विरुवा ट्रीगार्ड सहित रोपिएको जानकारी दिनुभयो ।

क्लवका अध्यक्ष साबित्रा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष रेखादेवी पोखरेल, धन्यवाद द्वितिय उपाध्यक्ष गिता पराजुली, झण्डाको अभिवादन तितृय उपाध्यक्ष कल्पना अर्याल र सञ्चालन सचिव प्रतिमा शर्माले गरेकी थिनुभयो ।

Facebook Comments