आइसिसी क्रिकेट विश्वकपको फाइनलमा इंग्ल्यान्ड र न्युजिल्याण्ड भिड्ने

अष्ट्रेलियालाई ८ विकेटले पराजित घरेलु टिम इंग्ल्यान्ड आइसिसी क्रिकेट विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्ड सन् १९९२ पछि पहिलो पटक पाँच पटकको विजेता अष्ट्रेलियालाई हराउँदै विश्वकपको फाइनलमा पुगेको हो।

इंग्ल्यान्डले उपाधि भिडन्त आइतबार न्युजिल्यान्डसँग गर्नेछ । गत संस्करणको उपविजेता न्युजिल्यान्डले बुधबार भारतलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

इंगल्याण्ड वा न्युजिल्याण्ड जसले जिते पनि यसपटकको क्रिकेट विश्वकपमा नयाँ विजेता हुनेछन् । यसअघि इंग्ल्यान्ड तीन पटक फाइनलमा पुगेर उपाधिविहीन बनेको थियो भने न्युजिल्यान्ड गत संस्करणमा उपविजेतामै सीमित बनेको थियो ।

२७ वर्षपछि फाइनलमा पुग्ने क्रममा इंग्ल्यान्डले बिहीबार बर्मिङघममा भएको खेलमा अस्ट्रेलियाले दिएको २२४ रनको सामान्य लक्ष्य २ विकेटको क्षतिमा ३२.१ ओभरमा पुरा गरेको हो ।

Facebook Comments