विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्तामा बस्न तयार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्तामा बस्न तयार रहेको जनाएको छ । उक्त पार्टीको स्थायी समितिको बैठले सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्ने निर्णय गरिएको हो ।

पार्टीको साताअघि बसेको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्ता बस्ने निर्णय गरेको स्थायी समिति सदस्यलाई उदृत गर्दै कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।
समाचारमा उल्लेख भए अनुसार सो पार्टीले नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सुझावअनुसार वार्तामा बस्ने निर्णय गरेको हो ।

विप्लव नेतृत्वको पार्टीले गरेको निर्णय सकारात्मक रहेको गृहमन्त्रीका सल्लाहाकार सुर्य सुवेदीले बताउनुभएको छ ।

Facebook Comments