काेरियामा अवैधानिक कामदार घटाउनेमा नेपाल पहिलाे

कोरिया स्थित नेपाली दुतावासले अन्य देशको तुलनामा अबैधानिक कामदार घटाउनेमा नेपाल पहिलो स्थानमा रहेको बताएको छ । नेपाली दुतावासमा कोरियामा रहेका पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा यस्ताे जानकारी गराएकाे हाे ।

उपनियोग प्रमुख किरण शाक्यका अनुसार पछिल्लो समय अबैधानिक कामदारको संख्यामा केहि बृद्दी हुन थालेपछि नेपालको कोटा कम हुन सक्ने चेतावनी काेरियाले दिएकाे छ ।

शाक्यले अवैधानिक कामदार घटाउन दुतावासले अलि कडा कदम चालेको पनि बताउनुभयाे ।
कार्यक्रममा दुतावासको तर्फ देखि उपनियोग प्रमुख किरण शाक्यले बार्षिक गतिबिधि प्रस्तुत गर्दै आफ्नो कार्यकालमा रेमिट्यान्स ५ प्रतिशत बाट बृद्वी भै हाल ४० प्रतिशत सम्म पुगेको जानकारी दिनुभयाे ।

दुइदेशबीचको मैत्रीपूर्ण सम्बन्ध बिस्तार तथा नेपाल भ्रमण बर्ष २०२० लाइ सफल बनाउन दुतावासको तर्फदेखि गरिएका बिभिन्न कार्यक्रमहरुको बारेमा समेत जानकारी दिनुभयाे ।

नेपाली बिधार्थीका समस्या न्युनिकरणको निमित्त आफुले गरेका बिभिन्न गतिबिधिहरुको बारेमा बताउदै शाक्यले कतिपय विश्वविधालयको लागि सिफारिस समेत रोकेको उहाँकाे भनाइ छ ।

पछिल्लो पटक नेपाली श्रमिकले परिवार ल्याउन मिल्ने भन्ने वारेमा सोधिएको प्रश्नमा बास्तोलाले यो बारेमा आफुले निकै पहल गरेतापनि कोरियाको कानुनमै नभएको कारण असहज भएकाे बताउनुभयाे । दुइ तीन महिनालाई भ्रमण भिसामा ल्याउन चाहेमा दुतावासको तर्फदेखि परामर्स सेवा उपलब्ध हुने जानकारी दिनुभयाे ।

Facebook Comments