मन्त्री पुन र सभापति कोइरालाद्वारा पोखरा रंगशालाको अनुगमन

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन र गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले मंगलबार पोखरा रंगशालामा निमार्णधिन फुटवल मैदानको अनुगमन गर्नुभएको छ । मन्त्री पुनं १३ औं साग पोखराका स्थानीय ब्यवस्थापन तथा सहजीकरण समितिका संयोजक हुनुहुन्छ भने सांसद कोइराला अनुगमन तथा मुल्याङकंन समितिका संयोजक रहनु भएको छ ।

उहाँहरुले क्रिकेट मैदान, बहुउद्देश्यी कर्भड हल लगायतको निरीक्षण गर्नुभएको थियो । मन्त्री पुनले मंसिर १५ देखि २४ गते सम्म आयोजना हुने १३ औं साग भौतिक पुर्वाधारको कारण कुनैपनि हालतमा प्रभावित हुन नहुने भन्दै समस्या भए आफुहरु समाधानको लागि तयार रहेको बताउनु भयो ।सांसद एवं अनुगमन तथा मुल्याङकंन समितिका संयोजक दीपक कोइराला(रुपक)आ आफ्नो जिम्मेवारी अनुसार सवैले काम गरेर पोखरामा हुने ९ वटै खेललाई सानदार रुपमा सफल बनाउनु पर्नेमा जोड दिनु भयो । आफुहरुले अनुगमन र मुल्याङकनलाई प्राथामिकतामा राखेर पुर्वाधार निर्माणमा सहजीकरण गर्दे निर्धारित समयमै सम्पन्न गर्नको लागि भुमिका खेल्ने बताउनु भयो ।

स्थल व्ययवस्थापन समितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले आफु दैनिक रंगशाला आएर फुटबल मैदानको निगरानी गर्ने गरेको बताउनु भयो । पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम आधा सकिएको भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट मेनेजर दीपक बरालले जानकारी दिनु भयो । उहाँका अनुसार पुर्वाधारको काम ५० प्रतिशत सकिएको छ ।

१३ औं सागमा कुल २७ खेल हुने भएपनि पोखरामा ९ वटा खेल हुने छ । पोखरामा हुने खेलहरुमा महिला फुटवल, क्रिकेट महिला ,आर्चरी,ब्याडमिन्टन ह्याण्डबल,प्याराग्लाइडिङ,ट्रायथलन ,विच भलिवल र भारोत्तोलनका खेल हुने छ ।

Facebook Comments