अखिल नेपाल फुटबल संघ (एन्फा) माथि ३९ लाख बढी जरिवाना

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३५ हजार अमेरिकी डलर (३९ लाख ८६ हजार रुपैयाँ) जरिवाना तिर्नपर्ने भएकाे छ ।

एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन तथा आचार संहिता समितिले एन्फाले मापदण्ड नपुगेका क्लबलाई एएफसी लाइसेन्स दिएको ठहर गर्दै जरिवानाकाे निर्णय गरेकाे हाे ।

एन्फाले निर्णय पाएको ३० दिन भित्रमा जरिवाना बुझाउनु पर्ने समितिकाे निर्णयमा उल्लेख छ।

गत सिजन मनाङ मर्स्याङ्दी क्लबले लिग च्याम्पियनको हैसियतमा नेपालको तर्फबाट एएफसी कप २०१९ खेलेको थियो।

समूह चरणबाटै बाहिरिएको मनाङलाई एन्फाले मापदण्ड विपरित लाइसेन्स दिएको एएफसीको अनुशासन समितिकाे ठहर छ।

क्लबकाे लाइसेन्स पाउन आफ्नै मैदान, एकेडेमी, उमेर समूहको टिम, टिम डाक्टर, मिडिया अफिसर लगायतका मापदण्ड पुरा गर्नुपर्ने हुन्छ ।

एएफसीले एन्फाले गल्ति दोहोर्‍याएमा थप २५ हजार डलर जरिवाना र २ वर्ष निलम्बन गर्ने समेत चेतावनी दिएको छ। यसअघि नेपालकाे क्रिकेट संघ पनि निलम्बनकाे कारवाहीमा परेकाे थियाे ।

Facebook Comments