माेतिहारी चितवन ग्यास पाइपलाइन बनाउन तयारी शुरू

भारतको मोतिहारीदेखि चितवनको लोथरसम्म एलपिजी ग्यास पाइपलाइन निर्माणका लागि तयारी शुरू भएकाे छ ।

ग्यास पाइपलाइन निर्माणका लागि सर्वे शुरू भएकाे उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले जानकारी दिनुभयाे ।

माेतिहारीदेखि अमलेखगञ्जसम्म पेट्राेलियम पाइपलाइन निर्माण भइसकेकाले साेही पाइपलाइनलाइ चितवनकाे लाेथरसम्म विस्तार गर्न लागिएकाे हाे । पेट्राेलियम पाइपलाइनबाट पेट्राेल ल्याउन शुरू भइसकेकाे छ ।

उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले निगमको अमलेखगञ्ज डिपो परिसरमा मोतिहारीदेखि अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई बिस्तार गरी चितवन लोथर पुर्‍याउने कार्यको शुभारम्भ गर्नुभएकाे छ ।

news

मोतिहारीदेखि चितवनसम्म बेग्लै एलपिजी ग्यास पाइपलाइन पनि निर्माण गर्न लागिएको छ। उक्त योजनाका लागि सर्भे गर्ने कामको सुरूवात भएको मन्त्री यादवले घोषणा गर्नुभयाे ।

लोथरमा एलपिजी ग्यास भण्डारण गर्ने ठाउँ पनि निर्माण गर्ने निगमको योजना छ।

अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइनको दुरी ६२ किलोमिटर छ भने एलपिजी ग्यास पाइपलाइन चितवनदेखि अमलेखगञ्ज हुँदै मोतिहारीसम्म ९८ किलोमिटर दुरीको हुने निगमले जनाएको छ।

पाइपलाइन निर्माण भएपछि प्रतिघण्टा पेट्रोलियम पदार्थ २९० किलोलिटर ढुवानी गर्न सकिन्छ भने करिब एक सय टन प्रतिघण्टा ग्यास ढुवानी गर्न सकिने निगमले जनाएकाे छ ।

लाेथरमा पेट्रोलियम पदार्थ एक लाख किलोलिटर र २० हजार मेक्ट्रिकटन ग्यास भण्डारण क्षमताको ठाउँ बनाइने निगमको तयारी छ।

पेट्रोलियम पाइपलाइन निर्माणमा करिब पाँच अर्ब रूपैंया र भण्डारण ठाउँ निर्माणमा चार अर्ब रूपैंयाभन्दा बढी लगानी लाग्ने बताइएकाे छ । ग्यास पाइपलाइन र भण्डारणका लागि १४ अर्ब लागत लाग्ने पनि निगमले जनाएकाे छ ।

Facebook Comments