आन्तरिक राजश्व कार्यालय भरतपुरबाट साढे ८ अर्ब राजस्व संकलन

आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको तीन महीनामा रु आठ अर्ब ५८ लाख ६४ हजार राजश्व सङ्कलन गरेको छ । याे अघिल्लाे बर्सकाे तुलनामा ५५ कराेडले बढी हाे ।

गत वर्षको यसै अवधिमा रु सात अर्ब ४५ करोड ५१ लाख १३ हजार राजश्व सङ्कलन भएको थियो ।

तर यस बर्ष राजश्व विभागले ताेकेकाे भन्दा कम राजस्व संकलन भएकाे हाे । विभागले १० अर्ब ७४ कराेड ९५ लाख ६६ हजार राजश्व संकलनकाे लक्ष दिएकाे थियाे ।

कार्यालयका सूचना अधिकारी धनिश्वर अर्यालका अनुसार चालू आर्थिक वर्षमा राजश्व विभागले तोकेको लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको भए पनि गत वर्षको यसै अवधिको तुलनामा बढी राजश्व सङ्कलन भएको हाे ।

चालू आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा रु ५५ करोड सात लाख ५१ हजार बढी राजश्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षमा अन्तःशुल्कमा रु छ अर्ब ८१ करोड ५९ लाख ५० हजार, मूल्य अभिवृद्धिकरमा रु ५९ करोड ४८ लाख ५८ हजार, आयकरमा रु ५२ करोड ६० लाख ३१ हजार राजश्व सङ्कलन भएको छ ।

कार्यालयका अनुसार व्याज करमा रु चार करोड ७१ लाख ६० हजार, बहालकरमा रु एक करोड ७३ लाख १८ हजार, स्वास्थ्य सेवा करमा रु ४४ लाख पाँच हजार र शिक्षा सेवा शुल्कमा रु एक लाख ४२ हजार राजश्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जनाकारी दिनुभयो ।

बजारमा व्यापार घटेको, केही कम्पनी ठूला करदाताकाेमा गएको, भिसिटीएसका कारण ढुवानीमा अन्योल रहेको, मदिराजन्य वस्तुहरुको बिक्री वितरणमा कमी आएको, भन्सार विन्दु घटेकाजस्ता कारण लक्ष्यअनुसार राजश्व सङ्कलन हुन नसकेको कार्यालयले जनाएकाे छ ।

Facebook Comments