पाेखरा पर्यटनकाे राजधानी हुन्छः मुख्यमन्त्री गुरूङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनको राजधानी पोखरानै हुने बताउनुभएको छ ।

संघिय सरकारलाई पोखरालाई पर्यटकीय राजधानी घोषणा गर भनेर निर्णय गरेर पहिल्यै पठाएको स्मरण गराउनु भएको छ ।

लोकदोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले मुख्यमन्त्री निबासमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा देउसीभैलो कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशले यस बर्ष प्रज्ञा प्रतिष्ठान गठन गर्ने , गण्डकी प्रदेश शान्त प्रदेश, सभ्य प्रदेश बनाउने बताउनुभयो ।

प्रदेशको कला भाषा, संस्कृति संरक्षण गर्ने बताउदै गुरुङले गण्डकी प्रदेश भाषा,कला साहित्यको क्षेत्रमा अगाडि रहेको बताउनु भयो ।

मुख्यमन्त्री गुरुङले मादल बजाएर शुरु गरेको देउसीभैलोमा बरिष्ठ कलाकारहरुले देउसी भैलो खेल्दै नाच्दै गाउदै गरेका थिए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेत, प्रदेश सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, विद्यायन समितिका सभापति मोहन रेग्मी, नेकपाका सचेतक गायत्री गुरुङ ( कुशुम) सांसद राजीव पहारी,इन्द्र धारा विष्ट नेकपाका कास्की सचिव बखान सिहं आभाष लगायतले नाचगान गर्दे साथ दिनु भएको थियो ।

मुख्यमन्त्री गुरुङले २५ हजार, मन्त्री बस्नेतले १० हजार र दुई सभापति र सांसदहरुले सात सात हजार दिनु भएको थियो भने मुख्यमन्त्रीका आफन्त सहित गरी १ लाख २हजार रकम एकमुष्ठ रुपमा देउसी भैलोलाई प्रदान भएको लोकदोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनु भयो ।

Facebook Comments