कालापानी क्षेत्र भारतले आफ्नो नक्सामा राखेकाे बारे प्रधानमन्त्रीले सर्वपक्षीय छलफल गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले हालै सार्वजनिक गरेकाे नक्सामा नेपालकाे कालापानी क्षेत्र समेत राखेकाेबारे सर्वदलीय बैठक बाेलाउनुभएकाे छ ।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग परामर्शका लागि बैठक बाेलाइएकाे प्रधानमन्त्री कार्यालय श्राेतले जनाएकाे छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार शनिबार दिउँसो ४ बजे मुख्य राजनीतिक दलका नेताहरूसँगको बैठक डाकिएकाे छ ।

‘भारतको नयाँ नक्साबारे आफ्नो नक्साबारे नेपाल सरकारले आफ्नो धारणा भने यसअघि नै सार्वजनिक गरिसकेको छ।

प्रतिपक्ष दल, सत्तारूढ दल निकट बिद्यार्थी संगठनले भारतीय पक्षबाट हस्तक्षेप भएकाे भन्दै विराेध जनाइरहेका छन् ।

बैठकमा सीमा समस्या, नेपाल भारतवीचकाे सम्बन्ध कसरी अघि बढाउने भन्नेबारे प्रधानमन्त्रीले सबै दलसँग परामर्श हुने बताइएकाे छ । बैठकमा पूर्व परराष्ट्रमन्त्रीहरूकाे समेत सहभागिता रहने बुझिएकाे छ ।

भारतले भने यसअघिकै नक्सा भएकाे र भारतको सार्वभौम भूभाग समेटिएको जिकीर गरेकाे छ ।

नक्सा सार्वजनिक भएपछि नेपालमा विराेध प्रदर्शनका साथै सामाजिक सञ्जालमा समेत भारतकाे चर्काे विराेध भएकाे छ ।

Facebook Comments