अनसनरत प्रा.डा. गाेविन्द केसी डढेल्धुरा अस्पतालमा

चिकित्सा शिक्षा सुधार सम्बन्धी विभिन्न माग राख्दै १७ ‍औं पटक अनशनमा  बस्नुभएका प्रा. डा.  गोविन्द केसी अस्वस्थ हुनुभएकाे छ ।

एक निजी घरमा अनसन बसिरहनुभएका केसीकाे स्वास्थ्यमा समस्या देखिएकाले शुक्रबार नै अनसनस्थलबाट डढेल्धुरा जिल्ला अस्पताल सारिएको हाे ।

डा. केसीकाे याे १७ ‍औं पटककाे अनसन हाे । चिकित्सा शिक्षामा सुधारको माग राख्दै कात्तिक १८ गतेदेखि अनसन थाल्नुभएकाे हाे ।

स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न सात बुँदै माग राख्दै १७ औं पटक अनसन बस्न डडेल्धुरा रहनुभएका डा. केसीको अभियानमा स्थानीय नागरिकले पनि साथ दिन थालेका छन् ।

केसीकाे समर्थनमा प्रदर्शनका साथै दवावमूलक कार्यक्रम जारी छ ।

“अघि बढ्नुहोस् डाक्टर साव, डडेल्धुराबासी तपाईको साथमा छन्” भन्ने नाराका साथ नागरिक समाज डडेल्धुराको अगुवाईमा जिल्लामा क्रियाशील विभिन्न आठ पेशागत संघसंगठनहरुले दबावमूलक प्रदर्शन गरेका थिए।

यसअघि उनीहरूले माैन जुलुस निकालेका थिए । डा. केसीका सातबुँदे मागहरु तत्काल सम्वोधन हुनुपर्ने, डडेल्धुरा मेडिकल कलेजका लागि तत्काल निर्णय गर्नुपर्ने, डा. केसीको जीवनको रक्षा गर्नुपर्ने र डडेल्धुरा जिल्ला अस्पतालमा दरबन्दी अनुसारका चिकित्सकको व्यवस्था गरिनुपर्ने माग सहितकाे ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय मार्फत् शिक्षामन्त्री र प्रधानमन्त्री समक्ष पेश गरिएकाे छ ।

भट्टको घरको त्यो दृश्य

Facebook Comments