खेमराज पौडेलको घरदैलो अभियान शुरु गर्दै

नेपाली कांग्रेस कास्कीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आइतबारदेखि घरदैलो अभियान शुरु गर्ने भएको छ ।

कांग्रेसले आइतबार बिहान १०ः३० बजे पोखराको सिद्धार्थचोकबाट अभियान शुरु गर्न लागेको जानकारी दिएको छ ।

कांग्रेस पोखरा महानगरपालिका वडा नं. ४, ८ र ९ कार्यसमितिले अभियान आयोजना गरेको हो ।

कास्की क्षेत्र नं. २ का लागि नेपाली कांग्रेसले नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ ।

बिहीबार उम्मेदवारी मनोनयसंगै कांग्रेसले चुनावी अभियान शुरु गरिसकेको छ । शुक्रबार क्षेत्रीय भेलामार्फत ३ हजार ५५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेको छ ।

समितिको मूल संयोजकमा पार्टी सभापति कृष्ण केसी, उपसंयोजकद्वयमा क्षेत्रीय सभापति माधव बाँस्तोला मधु र नगर सभापति बजीरमान श्रेष्ठ रहनुभएको छ ।

आइतबार घरदैलो अभियान शुरु हुने वडा पोखरा–४ मा यज्ञबहादुर थापा, ८ मा तारानाथ रानाभाट र ९ मा शुक्रराज शर्मा संयोजकत्वमा कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

Facebook Comments