राष्ट्रिय कफी उद्यमशीलता बिकास तालिम सम्पन्न

नेपाल सरकार राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड,पोखराको आयोजनामा कफीको ३ दिने उधमशिलता बिकास तालिम सम्पन्न भएको छ ।

विहीबारदेखि शनिबारसम्म भएको तालिममा प्रदेश नम्बर ३, ५ र गण्डकी प्रदेशका २५ जना कफी उधमीहरुको सहभागीता रहेके थियो ।

कफी क्षेत्रमा संस्थागत रुपमा आबद्ध कफी सहकारी, कफी ब्यबसायी र क्याफेका संचालक एवं कार्यरत प्राबिधिकहरुको सीप बिकास तथा क्षमता अभिबृद्धि गर्ने उद्देश्य सहित तालिमको आयोजना गरिएको हो ।

तालिमले ब्यबसायिक उत्पादन, गुणस्तर सुधार तथा कफी उधोगको बिकास र बिस्तारमा टेवा पुर्याउने अवेक्षा राखिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीले कफि खेतीका लागि गण्डकी प्रदेशबाट उपयुक्त नीति र योजना निर्माण गरि ब्यबसायिकता प्रवद्र्धन गर्ने तथा उद्योगीका समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिब अच्युतप्रसाद ढकालले कफीलाइ उच्च प्राथमिकता राखेर काम गरिहेको र कृषकहरुलाई एकीकृत रुपमा व्यवसायिक खेतीका लागि ढकालले सुझाव दिनुभयो ।

कार्यकममा पोखरा मनपा (५ का वार्डअध्यक्ष धनबहादुर नेपाली, पोखरा चेम्बर्स अफ कमर्सका अध्यक्ष किसान सुनार, बागबानी अनुसन्धान केन्द्रका बैज्ञानिक श्याम पौडेल, प्रमुख प्रबिक्षक डा. राज कुमार बन्जरा, क्यु ग्रेडर निमा शेर्पा, कफी ब्यबसायिक महासंघका केन्द्रीय कोषाध्यक्ष आनन्द सुबेदी, कफी क्षेत्रका अग्रणी उधोगीहरु, बिभिन्न जिल्लाका कफी सहकारी संघका अक्ष्यक्ष लगायतले व्यवसायिक कफि खेतीका बारेमा आफ्ना भनाई राख्नुभएको थियो ।

नगेन्द्र सुबेदीको संचालनमा भएको कार्यक्रमको अध्यक्षता बोर्ड पोखराका नि. निर्देशक चन्द्र पुरीले गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै उहाले कृषकहरुलाई उत्पादन संगसंगै गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो ।

पोखराबाट सुरु गरिएको राष्ट्रिय कपिंग प्रतियोगितामा करिब १५ जिल्लाको १९ वटा नमूना कफीको सहभागिता रहेको जानकारी दिनुभया ।

पोखराको राष्ट्रिय कपिंग ल्याब तथा राष्ट्रिय कफी प्रतिष्ठान, ललितपुरमा रहेको ल्याबमा कफीको गुणस्तर र स्वाद परिक्षण गरि सबै भन्दा बढी अंक प्राप्त जिल्लाको कफीले १०,००० नगद पुरस्कार प्राप्त गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

तालिम समापनका अवसरमा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्री बिकास लम्सालले खेतीबारी बाँझो नराख्न आग्रह गर्नुभयो ।

मुलुकको समृद्धिका लागि खेतबारी बाँझो बनाएर विदेश जाने प्रवृत्ति रोकिनुपर्ने उहाँको भनाई छ ।

सो अवसरमा उहाले बोर्ड, पोखरामा स्थापित राष्ट्रिय कफी कपिंग ल्याबको पनि निरीक्षण गरि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।

तालिममा राष्ट्रिय प्रशिक्षक डा. राजकुमार बन्जार र निमा शेर्पाले तालिममा सहजीकरण गर्नु भयको थियो ।

Facebook Comments