रोयल सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा सम्पन्न

पोखराको सशक्त सहकारी रोयल सहकारी संस्था लिमिटेडको १८ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

बुद्ध चोकमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको पोखरा प्रदर्शनी केन्द्रमा साधारण सभा भएको हो ।

सभारणसभाको नेपाल बचत तथा ऋण सहकारी संघ लि.(नेफस्कून)का पूर्व अध्यक्ष एवं एशियाली ऋण महासंघका पूर्व अध्यक्ष ऋषीराज घिमिरेले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै घिमिरेले रोयल सहकारी सस्था देशमै पहिलो÷दोस्रोमा गनिने सहकारी सस्था रहेको उल्लेख गर्नुभयो ।

उक्त अवसरमा उनले अहिले बचत गर्ने बानी बनाइराखे भविश्यमा समस्या नपर्ने भन्दै सहकारीका सदस्यहरुलाई बचत गर्दाका फाईदाका बारेमा समेत जानकारी दिनुभएको थियो ।

सहकारीका सदस्य संस्थाप्रति प्रतिवद्ध हुनुपर्ने र कारोबार गर्दा आफू आवद्ध संस्थाबाट बढिभन्दा बढि कारोबार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा रोयल सहकारीका अध्यक्ष मेजर तुलसी प्रसाद गुरुङ, उपाध्यक्ष रुद्धकुमारी गुरुङ, सचिव भीमबहादुर गुरुङ र कोषाध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङ लगायतले सहकारीका बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन बारे जानकारी गराएका थिए ।

सहकारी अभियान्ता घिमिरे र पत्रकार सुवेदी सम्मानित
रोयल राष्ट्रिय सहकारी पुरस्कारबाट सहकारी अभियान्ता ऋषीराज घिमिरे र गण्डकी प्रदेश स्तरीय सहकारी पत्रकारिता पुरस्कारबाट पोखराका क्रियासिल पत्रकार गोविन्द सुवेदीलाई सम्मान गरिएको छ ।

घिमिरेलाई नगद २५ हजार रुपैयाँ, दोसल्ला, सम्मान पत्रले र पत्रकार सुवेदीलाई नगद १५ हजार रुपैयाँ, दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।

रोयलले आफ्ना उत्कृष्ट कर्मचारी तर्फ सन्तोष पौडेल, सपरीवेक्षक पाँचौंलाई १५ हजार रुपैयाँ सहित दोसल्ला र प्रमाम पत्र सहित सम्मान गरेको छ ।

रोयल प्रतिभा पुरस्कारबाट सेयर सदस्य विक्रमप्रसाद पौडेल, सहकारीको उत्कृष्ट सदस्यको रुपमा श्यामु थापा र झमानसिं थापालाई ११ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।

Facebook Comments