गण्डकी प्रदेश मुख्य मन्त्री ११ एमसिसी संग ४ रनले पराजित


पोखरा, गण्डकी प्रदेश सम्मिलत मुख्य मन्त्री ११ को टिम इङ्गल्याण्डको मेरिलिबोन क्रिकेट क्लब ९एमसिसी० संग झिनो रनको स्कोर मात्र ४ रनले पराजित भएको छ ।

एमसिसी हेरिटेज टुर टु नेपाल अन्तरगत चार वर्ष पछि पोखराको क्रिकेट मैदानमा दोश्रो टि–२० मैत्रीपूर्ण म्याच खेल्न आएको पाहुना टोली टस हारेर व्याटिङको निम्तो पायो । एमसिसीले २० ओभरमा ६ बिकेट गुमाउँदै १४२ रन बनायो । जवाफी व्याटिङ्ग गरेको मुख्य मन्त्रि ११ ले पुरै २० ओभर खेल्दै ७ बिकेटको क्षतिमा १३८ रन मात्रै जोड्न सक्यो ।

एमसिसीका लागि ओपनर व्याट्स्म्यान पूर्व पाकिस्तानी टेष्ट प्लेयर समेत रहेका याशिर अराफतले २८ बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै टिमका लागि सर्वा्धिक ५६ रन जोडे । यसै गरि विल यानडरस्पारले २३ बलमा १ छक्का र २ चौका मद्धतले २० रन, एड योङस्ले १४ बलमा ३ छक्काका मद्धतले २० रन र ओलिभर हानोनले १७ रन प्रहार गरेका थिए ।

मुख्य मन्त्री ११का तर्फ बाट बलर बिशाल पौडेल २ ओभरमा १० रन खर्चिदै १ विकेट, अमृत गुरुङले २ ओभरमा १८ रन दिएर १ विकेट, शुभाष भण्डारीले ४ ओभरमा २१ रन दिएर १ विकेट, किशोर महतोले ४ ओभरमा १ मेडन राख्दै २३ रन दिएर १ बिकेट, विपिन खत्रीले ४ ओभरमा २६ रन दिएर १ विकेट र दिपेश खत्रीले ३ ओभरमा ३२ रन दिदैं १ विकेट हात पारे । एमसिसीले १० रन एक्स्ट्राको रुपमा पाएको थियो ।

यता जवाफि व्याटिङ गर्दै मुख्य मन्त्री ११ को टिमका तर्फ बाट ३६ बलमा ८ छक्काको मद्धतले ४० रन बनाए । यसै गरि विशाल पौडेलले १४ बलमा २ छक्का र २ चौका प्रहार गर्दै २६ रन, गोबिन्द प्रधानले १६ बलमा २ छक्का र १ चौका प्रहार गर्दै २४ र विपिन खत्रीले १३ बलमा १६ रन बनाए । उनले व्यक्तिगत १६ रन बनाउँदा समान १–१ छक्का र चौका प्रहार गरे । मुख्य मन्त्रि टिमले एक्स्ट्राको रुपमा १३ रन पाएको थियो ।

एमसिसीलाई जित दिलाउन एड योङ्गले ४ ओभरमा १४ रन दिएर सर्वा्धिक ४ विकेट हात पारे । टम विस्ट्लीले ४ ओभरमा ३१ रन दिएर २ र मिलेक्सले ३ ओभरमा २६ रन दिएर १ विकेट लिएका थिए ।

गण्डकी प्रदेश सांसद तथा अर्थ बिकास समितिका सभापति दिपक कोइरालाले खेलाडीलाई ट्रफी प्रदान गर्नुभएको थियो ।

एमसिसीले पोखरा स्थित केही विद्यालयहरुमा पुगेर क्रिकेट खेलको प्रचार समेत गर्ने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।
मुख्य मन्त्रि ११ को टिम व्यवस्थापन सम्हालेका चन्द्र गुरुङ ९जिम्मी०ले टिमले उत्कृष्ट रुपमा जवाफी व्याटिङ गरेको प्रतिक्रिया दिए । उनले ‘हाम्रा बलर समेत हामी उत्कृष्ट छौं भन्ने प्रदर्शित गरे तर अन्तिम दुई ओभरमा एमसीसीले रन जोड्न सफल भयो, हाम्रो टारगेट १२० रनमा रोक्ने थियो तर सफल भएनौ र झिने रनले हार्यौं ।’

Facebook Comments