नेकपालाई हराउने तागत छैनः सांसद थापा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कास्की अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद कृष्ण थापाले आफ्नो दललाई हराउने तागत कसैसँग नरहेको बताउनुभएको छ ।

कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा १७ का मतदाताहरुले उम्मेद्वार विद्या भट्टराई अधिकारी सहितको चुनावी प्रचारको क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

आफ्नो ठाउँमा पराजित भएका व्यक्तिहरु कास्कीमा आएर नेकपा विरुद्ध बोल्नु लाजमर्दो उहाँको जिकीर थियो ।

काँग्रेसका तर्फबाट अघिल्लो पटक निर्वाचनमा पराजित काँग्रेसका नेताहरुप्रति लक्षित गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सो अवसरमा बोल्दै उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखरा १७ पर्यटकीय र धार्मिक हिसावले उत्कृष्ठ रहेको भन्दै उक्त वडा सहित समग्र पोखरामा आवस्यक विकासको जिम्मा आफूले लिने बताउनुभयो ।

कार्यक्रममा नेकपाको पोखरा महानगर कमिटि अध्यक्ष दिपक पौडेलले वडामा रहेका ८० प्रतिशत मत नेकपाको सूर्य चिन्हमै आउने दावी गर्नुभयो ।

दोविल्ला हुँदै सीतापाईलास्थित समृद्धि टोल, महतगौँडा, रातोपैह्रा, घारीपाटन लगायतका क्षेत्रमा सोमबार घरदैलो कार्यक्रम भएको नेकपाले जनाएको छ ।

Facebook Comments