भीरकोटका सवै सामुदायिक विद्यालयमा दिवा खाजा


स्याङ्जा भीरकोट नगरपालिकाले नगर भित्र संचालनमा रहेका सवै सामुदायिक विद्यालयका वालवालिकालाई दिवा खाजा शुरु गरेको छ ।भीरकोट नगरपालिकाले आफ्नो नगर लाई आउदो चैत्र मसान्तर भित्र वालमैत्री नगर घोषणा गर्नको लागी आवश्यक सुचकहरु पूर्ण गर्नको लागी नगरपालिका भित्र रहेका वाड,टोल र विद्यालयहरुमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ ।

यसैविच नगरपालिका विद्यालय र अभिभावकको सहकार्यमा यही मंसिर १ गते देखी वालवालिकाको स्वास्थ्य लाई ख्याल राखी ४२ वाल विकास कक्षाका ५५४ विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरीएको मेयर छायाराम खनालले जानकारी दिनु भयो ।

नगर भित्रका सवै वाल विकास केन्द्रहरुले दिवा खाजाको व्यवस्था गरेपछि वालवालिकाहरुको विद्यालयमा नियमित आउने र स्वास्थ्यमा समेत राम्रो हुने अपेक्षा आफुहरुले गरेको भीरकोट शिक्षा शाखा प्रमुख हेमप्रसाद आर्चाले वताउनु भयो । नगरपालिकाले एकजना विद्यार्थी बराबर दिनको ८ रुपैया दिने र बाँकी विद्यालय र अभिभावककै सहयोगमा दिवा खाजा कार्यक्रम सञ्चालनमा आएको हो । अहिले अभिभावकहरुले नै पालैपालो खाजा बनाएर विद्यार्थीलाई खुवाउन थालेको नगरपालिकाले जनाएको छ ।

Facebook Comments