बुढीगण्डकी परियोजनाको उचित मुआब्जा माग गर्दै धर्ना

बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा ढिलाइ भएकाे भन्दै जिल्ला प्रशासन कार्यालय गाेरखामा सराेकारवालाले धर्ना दिएका छन् ।

मुआब्जा वितरणमा लामो समयदेखि भएको ढिलाइ अन्त्य गर्न र तुरून्त उचित मुआब्जा वितरण गर्न दबाब दिनका लागि धर्ना कार्यक्रम गरिएकाे हाे ।

गोरखा जिल्ला प्रशासन कार्यालय अगाडि भएकाे धर्नामा पूर्वप्रधानमन्त्री एवं गाेरखा क्षेत्र नं. २ का सांसद डा.बाबुराम भट्टराई, काँग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य सुरेन्द्र पाण्डे लगायतका जनप्रतिनिधिहरू र सरोकारवालाहरू सहभागी रहेका छन् ।

यसैवीच महत्वपूर्ण राष्ट्रिय गौरवको परियोजनामा रहेका समस्या हल गर्न सरकारको तुरून्त ध्यान पुगोस् भन्दै डा.भट्टराईले माग समेत गर्नुभएकाे छ ।

Facebook Comments