पोखरामा समितिद्वारा खेल मैदानको अबलोकन

१३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा हुने खेल मैदानको आइतबार अबलोकन गरिएको छ । स्थानीय अनुगमन,निरीक्षण तथा मूल्याङकन समितिका संयोजक एवं गण्डकी प्रदेशका सांसद दीपक कोइराला (रुपक) सहितको समितिले खेल मैदानको अबलोकन गरेको हो । पोखरामा हुने महिला फुटबल, महिला क्रिक्रेट, आर्चरी, ह्यान्डबल,ब्याडमिन्टन, बिच भलिबल, ट्रायथोलनहुने खेल मैदान एवं क्षेत्रको अबलोकन गरेको हो । समितिले खेलमैदानहरुमा अझैपनि केही निर्माणको काम बाँकी रहेकोले तीव्रगतिमा गुणस्तरीय काम गर्न निर्देशन दिएको छ ।

ं अनुगमन,निरीक्षण तथा मूल्याङकन समितिका संयोजक एवं गण्डकी प्रदेशका सांसद दीपक कोइरालाले पोखरामा हुने खेलहरुको निर्माण हेर्ने गरि सोहि खेल संग सम्बन्धितलाई जिम्मा दिएकोले कामको प्रगति छोटो समयमा भएको बताउनु भयो । अझैपनि निर्माण कार्य जारिरहेकोले प्रतियोगिता सञ्चालन गर्न मैदानको कारण समस्या नहुने गरि काम गर्न मैदान निर्माण गर्न जिम्मा पाएकाहरुलाई निर्देशन दिनु भएको हो ।

Facebook Comments